नेपाल थामी समाज रामेछापमा भक्तबहादु थामी चयन


mukhundo.com, २०७७ साउन २५ आइतबार


नेपाल थामी समाज रामेछापमा भक्तबहादु थामी चयन

दोरम्बा । नेपाल थामी समाज रामेछापले नयाँ नेतृत्व पाएका छन् । शनिबार रामेछापको दोरम्बामा भएको समाजको तेस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

नयाँ नेतृत्वमा भक्त बहादुर थामी चयन भएका छन् । यस्तै उपाध्यक्षमा बल बहादुर थामी, कोषाध्यक्षमा सविना थामी चयन भएका छन् । यसैगरी सचिवमा मान बहादुर थामी, सहसचिवमा कुशुम थामी चयन भएको नवनिर्वाचित अध्यक्ष भक्तबहादुर थामीले बताए ।

उनका अनुसार १५ सदस्यीय कार्यसमिति चयन भएको छन् । अन्य सदस्यहरुमा कार्की थामी, सावित्री थामी,सोममाया थामी, राजकुमार थामी, आइमन थामी, रुपेश थामी, शर्मिला थामी चयन भएका छन् । यस्तै कार्यसमितिमा रिमे थामी र दमाई थामी पनि चयन भएका छन् । कार्यसमितिले आगामी तीनसम्म नेतृत्व गर्नेछ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement