Mukhundo.com

रामेछापमा छुरा प्रहाबाट १ को मृत्यु, दुई घाइते


mukhundo.com, २०७७ असार ३० मंगलबार


रामेछापमा छुरा प्रहाबाट १ को मृत्यु, दुई घाइते

दोरम्बा । रामेछाप सदरमुका मन्थली नजिकै सोमबार राति छुरा प्रहारबाट एक बृद्धाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । मन्थली नगरपालिका–२, कठजोरका स्थानीय ५० वर्षीय दिलबहादुरा श्रेष्ठले चलाएको छुराबाट ६२ वर्षीय विनोदकुमार श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार गाउँमा झारफुक गराएर घर फर्कंदै गरेका विनोदकुमार श्रेष्ठलाई बाटो ढुकेर छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

कोखमा छुरा लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मन्थलीको तामाकोसी अस्पताल पुऱ्याइएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले बताए ।

यस्तै छुरा प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीय नारायण श्रेष्ठलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ । सोही घटनामा २५ वर्षीय प्रेमबहादुर श्रेष्ठ सामान्य घाइते भएका छन् ।
घटनामा सम्लग्न रहेको दिलबहादुरलाई सोमबार राति नै नियन्त्रण लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटना किन र कसरी गराएको भन्ने अझै खुल्न सकेको छैन ।

प्रतिकृया

प्रतिकृया

Advertisement