घर दैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


mukhundo.com, २०७७ असार २९ सोमबार


घर दैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिका १ नं वडा कार्यालय डडुवाले सामाजिक सुरक्षा भत्ता जनप्रतिधिको रोहबरमा स्थानीयको घरदैलोमै गई वितरण गरिएको छ ।

आइतबारदेखि डडुवाको विभिन्न स्थानमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको दोरम्बा १ डडुवाका सचिव रामहरी अधिकारीले बताए । उनका अनुसार आइतबार डडुवा, गुफा, छाँगा, राजभिर तथा मंसिरेमा वितरण गरिएको हो । यस्तै सोमबार पात्ले, नागी, घलेडाँडा र मजुवामा वितरण गरिएको सचिव अधिकारीले बताए । आइतबार वडा सदस्य सने थामी तथा जिल्ला समन्वय समिति रामेछापका सदस्य निडोमा शेर्पाको रोहबरमा वितरण गरिएको हो ।

सोमबार वडा अध्यक्ष ढाल बहादुर रानामगरको रोहबरमा वितरण गरिएको वडा कार्यालय डडुवाले जनाएको छ । डडुवाका सबै टोलटोलमा सामाजिक भत्ता विवरण गर्न अझैँ दुई दिन लाग्ने वडा सचिव अधिकारीले बताए । उनका अनुसार बन्दाबन्दीका कारण वित्तिय संस्थामा जान नसक्ने तथा बृद्धबृद्धालाई घरमै गएर सामाजिक सुरक्षा भत्ता विवरण गर्दा बृद्धबृद्धालाई राहतका लागि विवरण गरिएको हो ।
यस्तै डडुवामा स्थायी घर भई अन्यत्र वस्दै आएकाहरुको हकमा बैकमा जम्मा गरिदिने वडा सचिव रामहरी अधिकारीले बताए । घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि स्थानीय पनि खुसी भएका छन् ।

तस्बिरः रामहरी अधिकारीकाे फेसबुकबाट

 

प्रतिकृया

प्रतिकृया

Advertisement