दोरम्बा गाउँपालिकाद्वारा ५४ करोड ९३ लाखको बजेट सार्वजनिक (पूर्ण विवरण सहित)


mukhundo.com, २०७७ असार १५ सोमबार


दोरम्बा गाउँपालिकाद्वारा  ५४ करोड ९३ लाखको बजेट सार्वजनिक (पूर्ण विवरण सहित)

कुसुम थामी  (कुशल)

दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८को बजेट आइतबार सार्वजनिक गरेको छ । दोरम्बा गाउँपालिकाले आइतबार ५४ करोड ९३ लाख ५८ हजार २ सय ३० रुपैया बजेट ल्याएको हो ।

आईतबार दोरम्बा गाउँपालिकाले सभाहलमा आयोजना गरेको कार्यक्रममा दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष घिसिङले बजेटमा कोरोना भाईरस कोभिड १९ बाट नागरिक र समग्र दोरम्बा गाउँपालिका बासिलाई बचाउने गाउँपालिकाको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

हाल कोभिड १९ को माहामारीेले विश्वलाई विकासमा बाधा पुर्र्याईरहँदा गाउँपालिकाले विषेश स्वास्थ्य सेवालाई गुणस्तरीयतासंगै प्राथमिकिरिण र माहामारीबाट सुरक्षित बनाउन पूर्बतयारीका काम गर्ने लगायत गाउँपालिकाको निति रहेको जानकारी दिनुभएको थियो ।

दोरम्बा गाउँपालिकाले बजेट सभामा प्रस्तुत गर्दै उपाध्यक्ष घिसिङले गाउँपालिकाको कुल बजेट ५४ करोड ९३ लाख ५८ हजार २ सय ३० रुपैयाँ रहेको घोषणा गर्नुभएको थियो ।


बजेटमा चालु तर्फ २७,३१,७१,०००। र पुँजीगत तर्फ २७,६१,८७,२३० रुपैँया विनियोजन गर्नुभएको छ । बजेट कृषी, स्वास्थ्य, शिक्षा, पूर्वाधर क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ ।

तस्बिरः सचेत घिसिङ
 

बजेट बक्तव्यको पूर्ण विवरण

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement