प्रजिअ शर्माद्वारा दोरम्बाको कोराइनटाइनको निरक्षण


अनाआवश्यक काम बाहेक बाहिर आवतजवात नगर्न आग्रह

mukhundo.com, २०७७ असार १० बुधबार


प्रजिअ शर्माद्वारा दोरम्बाको कोराइनटाइनको निरक्षण

दोरम्बा । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दोरम्बा गाउँपालिकाले निर्माण गरेको क्याराइनटाइन र आइसोलेसन बेडको निरक्षण गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि दोरम्बा गाउँपालिकाले निर्माण गरेको क्याराइनटाइनको अनुगमन गर्नका लागि मंगलबार दोरम्बा पुगेको हो ।
विदेशबाट आएका तथा कोरना पुष्टि भएकाहरुको उपचार तथा व्यवस्थापनका लागि निर्माण भएको कोराइनटाइनको निरक्षणको क्रममा दोरम्बामा बनेको कोराइनटाइनले कोभिडको रोकथाममा सहयोग पुग्ने प्रतिक्रिया दिए ।

उनले दोरम्बामा निर्माण भएको आइसोलेसनले दोरम्बामा हुने सम्भावित संक्रमणलाई रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिन् । उनले दोरम्बाको हकमा आफू विस्वस्थ भएको पनि बताए । भौगोलिक हिसाबले पनि दोरम्बा सुरक्षित भएको तथा दोरम्बामा कोभिडको रोकथामका लागि राम्रो वातावरण निर्माण भएकोमा खुसी भएको पनि प्रतिक्रिया दिएका थिइन् ।

दोरम्बा गाउँपालिकाले सबै वडामा ५० बेडको कोराइनटाइन निर्माण गरिरहेको दोरम्बा गाउँपालिकाका प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले बताए । उनका अनुसार अहिले सबै वडामा कोराइटाइन निर्माणको अन्तिम चरणमा रहेको तथा कोराइनटाइन वडाको विद्यालयमा निर्माण भएको बताए ।

प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वयन समितिका पदाधीकारी स्थानीय राजनीतिक दल तथा स्थानीयहरु सम्मलित एक अन्तरक्रिया कार्यक्रममा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं तामाङले जनताको सेवाका लागि पालिका र पालिका मातहतका जनप्रतिनिधी र कर्मचारी अहोरात्र खटिरहेको र कोराइनटाइन निर्माण र व्यवस्थापन, स्वास्थ्य उपचारको लागि पालिकाले विभिन्न निकाय र सरोकारवाला निकायसंग सहजीकरण गर्ने बताए ।

एक प्रश्नको जवाफमा उनले जनताको सेवामा आफू र आफू मातहतका जनप्रतिनिधी जनताको सेवामा लागिरहेको बताए । उनले जनताको गुनासो सुन्ने र सम्बोधन गर्न पालिका सधै तयार रहेको प्रतिबद्धता पनि गरे ।

अनाआवश्यक हिडडुल नगरौँ

यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले कोभिडको जोखिम रहेको हुँदा अत्याआवश्यक काम बाहेकमा आवत जवात नगर्न आग्रह गरेका छन् । उनले विदेशबाट आएकाहरुलाई व्यवस्थापनमा जिल्ला प्रशासन, स्थानीय सरकार लागिपरिरहेको तथा संक्रमित जिल्लाहरुबाट आवत जवात भइरहदा कोरनाको संक्रमणको जोखिम हुने भएकाले आवत जवातमा कडाइ गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले पनि अत्याआवश्यकलाई बाहेक अरुलाई सवारी पास नदिन पनि निर्देशन दिए ।


यस्तै एक प्रश्नको जवाफमा एम्बुलेन्स चालक र एम्बुलेन्स संचालनमा भइरहेको समस्याको हल छिट्टै हुने बताए । जिल्लामा रहेको एम्बुलेन्सको व्यवस्थापनमा एम्बुलेन्स संचालन समितिलाई एम्बुलेन्स सञ्चालनको व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिने र केही एम्बुलेन्स स्थानीय तह र स्थानीय संघसंस्थाहरुले संचालन गरिरहेको हुँदा स्थानीय तह र संस्था संस्थाबाट संचालन भएको एम्बुलेन्स संचालन समितिले एम्बुलेन्स संचालनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

कोरना भाइरसको त्रासका कारण एम्बुलेन्स साचकहरुले फोन अफ गर्नुपर्ने र संचालनमा आनाकानी गर्ने खालको समस्या समाधानमा जिल्ला प्रशासनले सामन्वयन गर्ने पनि बताए । उनले एम्बुलेन्स संचालनमा स्थानीय सरकार र स्थानीय संघसंस्थाले पनि प्रभावकारी भूमीका खेल्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी शर्माले केही समय अघि चट्याङ लागेर मृत्यु भएको दोरम्बा १ डडुवा सुर्केका एक परिवारलाई एक लाख रुपैया राहत समेत वितरण गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया

Advertisement