चोटैचोटले गलिएको मान्छे म ।
रुदारुदा आँशुले थलिएको मान्छे म ।
मलाई हाँसो हैन आँशु सुहाउछ
संसारमै भाग्यले छलिएको मान्छे म ।
आफन्तबाट चोट अनि प्रेममा असफलता
आफ्नै जिन्दगीबाट जेलिएको मान्छे म ।
भन, के कुरा गर्छौ तिमी प्रेमको ?
प्रेममा चुरोट झैँ जीवन सल्किएको मान्छे म ।
बिनु माया तामाङ
रामेछाप