थामी समुदायका नक्षेत्रः जसले परिवर्तन गरे तर आफै रहेनन्


उनको आभावले अझै अपुरो छन् थामी समुदायका कयौँ मुद्धा

mukhundo.com, २०७७ असार ६ शनिबार


 

कुसुम थामी ‘कुसल’

“जब विद्रोहले पूरानो राज्य ब्यबस्थालाई परिवर्तन र त्यसमा आमूल परिवर्तन ल्याई नेपाली वर्गीय समाजलाई नौलो दिशामा बाटो देखाउने प्रयास गर्दछ । तब गन्तब्यमा पुग्दछ । हिजोको एकलौटी शासन ब्यबस्था, पञ्चायती ब्यबस्था, बहुदलीय ब्यबस्थालाई त्यागेर आज प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रमा छौँ ।

जव यी जनताको तन्त्रलाई ल्याउन हिजो बलिदानी, साहसी, आहूती, प्राण, त्याग र तपस्या गरि आज सफल भएको छ र प्राप्त पनि भएको छ । यहिँ वलिदानी दिने मध्येमा एक साहसी बीर योद्वा हुन्, चतुरमान थामी “समर” । उहाँको जन्म २०११ साल माघ १८ गते तत्कालति रामेछाप जिल्ला डडुवा गा.वि.स वडा नं ५ मा बुबा हर्क बहादुर थामी र आमा धनमाया थामीको एक्लो छोराको रुपमा जन्म भएको थियो ।

रामेछाप जिल्लाका थामी समुदायको समस्या, अभाव जस्ता विभिन्न आइपर्ने कुराहरुलाई मध्येनजर गर्दै स्थापित हुँदै गर्दा तत्कालिन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा रहेको सरकार त्यो बेलाको राज्य ब्यबस्था, निति तथा नियम जनतामा कुनै तवरवाट पनि प्रभावकारीता थिएन । तत्पश्चात त्यसैको निमित्त पनि विद्रोह, क्रान्ती आवश्यकता थियो ।

चतुरमान थामी “समर” एक साधारण परिवार भित्रका एक सदस्य हुन । त्यो बेलाको समय शिक्षा क्षेत्रमा बहुत थोरै मानिस भेटिन्थ्यो भने उहाँ साक्षर हुनुन्थ्यो र संघर्ष परिवर्तनका एक लडाकु थियो ।उहाँ एक मेहनती रिसालु, जोसिलो र जनताको भावना बुझ्न सक्ने ब्यक्तित्व थियो । समुदाय उसै पछाडि पारिएको समाजलाई परिवर्तनका एक हिस्सा पाउन गाह्रो नै थियो र कोहि भेटिदैन थियो । सरकारको बारेमा गाउँ, बस्तिमा र देशमा आलोचना भैरहेको नै हुन्थ्यो ।

गाउँ समाज र समुदायको परम्परा अनुसार २०२३ सालमा यानेकी १४ बर्षको उमेरमा विवाह वन्धनमा बाँधियो । परिवारमा विवाह वन्धनमा वाँधिए पश्चात जिम्मेवारी सँगै आर्थिक उपार्जन, आम्दानी स्रोत जुटाउन घर भन्दा बाहिर हुन्थ्यो भने प्राय काठमाडौँ गईरहन्थ्यो । जसोतसो परिवार जिम्मेवारी वहन गरिरहेकै हुन्थ्यो भने २०३३ सालमा २२ वर्षको उमेरमा नोकरीको लागि भारत प्रस्थान गर्यो । भारतमा हुँदा पनि नोकरी संगै विभिन्न कमिटीमा संलग्नता हुन्थ्यो र मजदरुका कुराहरु उठाईरह्न्थ्यो ।

१० वर्षको भारत बसाईपछि आफ्नै नेपालका गाउँ बस्तिमा फर्कियो । लगत्तै गाउँबस्तिबाट राजनितिक क्षेत्रमा सुरुवाती कदमहरु चाल्न थाल्यो । जुन रामेछाप जिल्लाका डडुवा, दोरम्बा लगाएतका थामी समुदायका प्रतिनिधित्व गर्दै सम्पूर्ण जनताको आवाज उठाउमा केन्द्रित भयो । समुदायलाई परिवर्तनका एक नयाँ उज्यालो तेज तथा नेत्र दिनका लागि संघर्षका पाइलाहरु सुरुवाती तब सुरु भयो । राजनितिक पक्षधरका विद्रोहहरुको माझमा उभिन त कठिन नै थियो ।

तर समाज र देशका निम्ति लड्न तयार भयो । सामान्य साक्षर तर राजनितिक क्षेत्रमा भने निकै अब्बल नेै थियो । नेतृत्वकर्ता तथा राजनीतिकर्मीको जुनसुकै समयमा भूमिका भनेको समाज, समुदाय र देशका लागि नागरिकको आवाज उठाउनु र परिवर्तनको दिशा प्रदान गर्नु हो । शाहकालिन राज्यब्यवस्था, देशको अमनचयन, विभेदकारी शासन पद्वति, हेपाह, जातिय विभेद लगायतका दरदृष्टि गाउँ समाज तथा देशमा स्थिरता नै थियो । त्यसका लागि नै परिवर्तन र स्वतन्त्रता आवश्यकता थियो ।

देशमा भइरहेको यी यस्ता खाले समस्याहरुलाई पन्छाउन, समाजलाई आमूल परिवर्तन गर्न, राज्यब्यबस्थाको निति अबधरणा परिवर्तन गर्नका लागि राजनैतिक क्षेत्रमा प्रवेश गरि पञ्चायतकालिन शासन ब्यबस्थामा तत्कालिन डडुवा गा.वि.सवाट समाज र देश परिवर्तनका लक्ष्यका साथ २०४३ सालमा गाउँ पञ्चायतको उपप्रधानपञ्चमा उम्मद्घारी दिनुभयो र स्वतः निर्वाचित भयो । तत्पश्चात जनतामा परिवर्तनका क्रान्ति सुरु भयो ।

परिवार, समाज र देश परिवर्तनका सुत्रलाई मध्येनजर गरि अडिगताका साथ परिवार भन्दा भन्दापनि जनतामा रमाउन चाहने र जनताको हर समस्याको समाधानलाई केन्द्रकित गरि सेवा प्रवाह गर्देै गए । निर्वाचित पश्चात हर समय जनतामा नै हुन्थ्यो । पञ्चायती ब्यबस्थालाई अंगाल्दै अगाडि बढिरहँदा राजनैतिक वामपन्थीको आरोपमा २०४५ सालमा २८ दिन कारागारमा जेल बस्नुपर्यो । २०४६ सालमा वहुदलिय शासन ब्यबस्था घोषणा सँगै मुद्घाहरु पनि खारेजी भएपछि नेपाल कम्युनिष्ट पार्टी साथै एकता केन्द्र भइ संयुक्त जनमोर्चा प्रवेश भयो । २०४९ सालमा पुनः स्थानीय निर्वाचन सुरु भयो ।

त्यसपछिका दिन पनि परिवर्तनका निम्ति गा.वि.स अध्यक्षमा उम्मेद्वारी दिनुभयो । निर्वाचन हुँदैगर्दा रा.प्र.पा र काँगे्रसका कार्यकर्ताबाट कुटिन पुगेका थिए । पुनः भारत उपचारका निम्ति र विपक्षी दलका कार्यकर्ताद्वारा बच्न र बस्न नदिएपछि प्रवासमा जीवन विताउनु परेको थियो ।

उनको १ बर्षको बसाईपछि फेरि आफ्नै मातृभूमि गाउँ पmर्किनुभयो र संगठनलार्ई नेतृत्व गरि जागरुपताका साथ २०५४को स्थानीय गा.वि.स अध्यक्षमा पुनः उम्मेद्वारी दिई ने.क.पा एमालेबाट निर्वाचित हुनुभयो ।पार्टीको निति तथा सिद्घान्तलाई प्राथामिकतामा राखि असल कम्युनिष्टको खोजि नै गरिरहन्थ्यो ।

निर्वाचित एमाले तर भूमिगत रुपमा माओबादी संगठनबाटै काम गरिरहँदा गा.वि.स अध्यक्ष र उपाध्यक्षको अन्तर विरोध भैरहँदा २०५८ सालमा अध्यक्षबाट राजिनामा दिई ने.क.पा माओबादीमा प्रवेश गर्नुभयो । डडुवालाई नेतृत्व गरिरहँदा असल विचार, असल जनतामा सेवा प्रवाह गर्ने गुण आज पनि स्मरण गरिरहँदा सम्झना लायकको नै भेटिन्छ ।

पार्टी भित्रै द्वन्द सिर्जना भएपछि पार्टी त्याग वाहेक विकल्प नभएपछि माओबादीमा प्रवेश पश्चात माओबादीबाट गा.ज.स प्रमुख, एरिया एसेम, मोर्चा जिल्ला अध्यक्षसंगै केन्द्रिय सदस्यमा समेत निवार्चित हुनुभएको थियो । देश र जनताको निम्ति अहोरात्र एक मुठी सास र एक थोपा रगत हुनजेल मुक्ती र स्वतन्त्रताको खातिर लडिरहने कसम खाई प्रतिबद्घता गर्नुभएको थियो ।

२०५९ साल चैत्र १/२ /३ गते भएको राष्ट्रिय थामी मुक्ति मोर्चाका प्रथम महाधिवेशनमा दोलखाको लापिलाङबाट केन्द्रिय उपाध्यक्षमा पनि निर्वाचित भई समग्र थामी समुदायको नेतृत्व गर्नुभयो । साहसीपूर्ण जनताको निम्ति हिड्ने एक योद्घा गाउँ, बस्ति र देशमा भएको विभिन्न खालको कुरिति, कुसंस्कार, अत्याचार, विभेद जस्ता विभिन्न समस्याहरुलाई पूर्णरुपमा अन्त्य गर्नेछौ भनि परिवर्तनका नाममा हिडिरहँदा २०६० साल साउन ३२ गते दोरम्बा हाल डडुवा डाँडाकटेरी डाँडामा सवै सपनाहरु त्यहिँ भूमिमा विलिन भएर गए । जिल्ला ४ नं एरिया, जिल्ला कमिटी बैठक प्रशिक्षण गर्ने क्रममा दोरम्बा गा.वि.स प्रशिक्षण स्थलमा नै २(दुर्ई) जनाको राईफलको प्रहारबाट हत्या भयो ।

जुन दिन सरकारको तर्फवाट र माओवादीको तर्फबाट दाङको हापुरेमा वार्ता हुदै थियो । अन्तरिम सरकार र संविधानसभाको एजेण्डामाथि चर्काचर्की बहस हुँदै थियो । त्यसबेला काँगे्रस–एमालेहरु भने संविधानसभाको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा थियो भने यता माओबादी निर्वाचन कुनैपनि हालतमा हुनुहुदैन भन्ने पक्षमा थियो ।

ठीक त्यँहि दिन यता सेनाद्वारा पूर्वी नेपालका लोकप्रिय माओबादी नेता बाबुराम लामा, चतुरमान थामी लगाएत एकाईस जना होनाहार योध्दाहरुलाई निःशस्त्र अवस्थामा पक्राउ गरि डाँडाकटेरी डाँडामा लामबद्घ तरिकाले वर्वरतापूर्ण हत्या गरियो । डाँडाकटेरी डाँडा रातो रगतले रगतम्मिए ।

लास छरपस्ट भए, २१ जना योद्घाहरुको परिवारको होस हवास भएन सबैले आँखाबाट आँसु झारे । घट्नाले विश्व चर्चा पाए ती तानाशाही सरकार हत्याराका नाईकेले पाशविक हत्या गर्नु, मानवीय उल्लघंन हो । तब देश शान्ती, स्वतन्त्रता, अमनचयनबाट पन्छिनका लागि गरेको सबै बलिदानी पूर्णरुपमा अन्त्य भयो । देशको लागि र समाजको लागि ज्यानको आहुती दिदै सम्पूर्ण थामी समुदायलाई स्तब्ध बनाईदियो ।

परिवर्तन साँच्चीकै यतिकै हुदैन, परिवर्तनका निम्ति संघर्ष, मेहनत र साहस नै आबश्यकता देखिन्छ । विश्व इतिहाँसमा नाम रचियो तर समुदायको लागि कमा(full stop) बनिदियो । तर आज देशमा लोकतन्त्र, गणतन्त्र आएको छ यी नै महान वीर योद्घाको बलिदानी हो र त खुलेआम नागरिक भएर बाँच्न पाएका छाैँ ।

फेरि अर्को तवरवाट वुझ्ने हो भने देशमा त आयो तर समाजमा आएन त्यँहि निरन्तर परिवर्तनका केहि अंश पनि पाउन अझै मुस्किल छ । त्यसैले त थामी समुदाय आज पनि उच्च शिक्षामा बञ्चित छन् । अधिकांश थामी समुदायका युवा आज विदेशिन बाध्य छन ।

चेतनाबाट धेरै पर छन । गाउँघरमै परम्परागत पेशा अंगालिरहेका छन । शिक्षामा शुन्य भएपछि कसरी परिवर्तनका संघारहरु खोल्न र भेट्न सक्छन र आज एकाइसौँ शताब्दीको अन्त्य अन्त्य हुदैछ । तर थामी समुदायका लागि यो महत्वपूर्ण लाग्दैन । समाजमा विकास र परिवर्तन के छ आवश्यकता भन्न र खोतल्न तथा छुट्याउन नसक्ने बातावरण छ ।

जसले विकास हुनमा ५० वर्ष पछाडि धकेलियो, त्यसो त रामेछापले एक होनाहार समाज परिवर्तनका एक सम्वाहक गुमाएको छ । जब परिबर्तनका निम्ति एक समर समाज जन्मिनु आवश्यक छ । देशको अखण्डता र स्वाभिमानलाई परिवर्तनका नाममा छाती फुलाएर ज्यानको बाजी लगाउने क’ चतुरमान थामी “समर” लगाएत २१ जना वीर सहिदलाई कहिल्यै विर्सन सकिदैन थामी समुदायले सधैँ “चतुरमान” खोजिरहेको हुन्छ र हुनेछ । सम्पूर्ण ज्ञात अज्ञात बीर सहिदहरु प्रति भाबपूर्ण श्रद्घाञ्जली अर्पण गर्दछु……।

प्रतिकृया

प्रतिकृया

Advertisement