मुटुमाथि ढुंगा राखी तस्बिर कैद गर्दा………


यात्रा अनुभव

mukhundo.com, २०७६ कात्तिक १३ बुधबार


मुटुमाथि ढुंगा राखी तस्बिर कैद गर्दा………

सचेत घिसिङ

स्वर्गीय स्वर सम्राट नारायाण गोपालले ‘आखा छोपी नरोउ भनि भन्नु पर्या छ, मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ’ भन्ने गीत त्यसै गाएका होइन रहेछ । मानिसको वास्तविक जीवनमा मेल खाने यो गीत सोमबार मेरो जीवनमा मेल खायो । सहकर्मी हितैसीको पार्थिव शरिरको तस्विर आफैले कैद गर्नुपर्दा……

पीडा, छटपटाहट छदै थियो । त्यसमा जिम्मेवार र कर्तब्य । कस्तो कठोरता ? कति निर्दयीता ? अँहँ मैले कुनै कल्पना पनि गरेको थिएन । परिकल्पना भन्दा पनि परको कुरा । मलाई थाहा छ परिवारको सदस्य गुमाउदाको पीडा अनि सहकर्मी । एकै थालमा खाएका, एकै ओछ्यानमा निदाएका अनि एउटै उद्धेश्य बोकेर यात्रा गरेका सहकर्मीको निधनमा आफैले निधक्क तस्बिर कैद गर्नुपर्दा कस्को मन नदुख्ला र ? तै पनि जिम्मेवारका भारी बोक्नुपर्ने परिस्थिति पनि कस्तो हो ?
सोमबार सहकर्मी राङदान तामाङको अन्तिम संस्कार सकाएर म कोठामा फर्केपछि निकै रोए । आफैले आफैलाई धिक्कारे । तै पनि यो मेरो पेशा थियो तस्बिर कैद गर्ने मेरो कर्तव्य थियो ।

पत्रकारिता गरेको एक दशकको यो यात्रामा मैले कुनै पनि समाचार तस्बिर कैद गर्दा आत्माआलोचना गरेको थिएन । तर सोमबार जब सहकर्मीको तस्बिर कैद गर्न विवश भए । म आत्माआलोचित हुन पनि बाध्य भए ।

सुरुको फोनमा घटना भएको पत्याउनै सकिन..

शनिबार विहान दोरम्बा गाउँपाकिा १ का वडाअध्यक्ष ढालबहादुर रानाको फोनले मलाई निकै एैठन भएको थियो । मैले गलत हो भनेर पत्याउनै सकिरहेको थिएन । तर वडाध्यक्षले पुष्टि भइसकेको भनेपछि म केहीबेर निशब्द भए । सुरुमा सिन्धुलीको राटामाटामा दुर्घटना भएको भन्ने खबर आयो । मैले जिल्ला प्रहरी कार्याल सिन्धुलीमा फोन गर्दा सिन्धुलीमा कुनै पनि दुर्घटना नभएको भनेपछि उनी दुर्घटनामा नपरेको भन्ने मलाई लाग्यो । जब जिल्ला प्रहरी कार्यालय रामेछापले पुष्टि गरिएको भन्ने समाचार केही अनलाईन पोर्टल र सामाजिक सञ्जालमा आयो । घटना राकाथुममा भएको रहेछ । सिन्धुलीमा होइन ।

त्यसपछि केही आफन्तलाई फोन गरे केही साथिभाईहरुलाई फोन गरे केही आफन्त गइसकेको रहेछ । केहीबेरमै काठमाडौँ ल्याउने तयारी गरिरहेको जानकारी पाए तर काठमाडौँबाट जाने आफन्त पुग्दा उनलाई सिन्धुलीको खुरकोट पुर्याइसकेका थिए । शनिबार रामेछाप सदरमुकाम मन्थलीमा राखी आइतबार पोष्टमार्टम गरी आइतबार नै काठमाडौँ ल्याइपुर्यो । हामी उनको पार्थिव शरिरको प्रतिक्षा गरिरहे । सबै आफन्तको अनुहार मलिन थियो । रुग्न थियो र शोकमा थियो ।
आइतबार बेलुका बौद्ध स्थित तामाङ गुम्बामा राखियो । तामाङ संस्कार अनुसार पूजापाठ गरि सोमबार अन्तिम संस्कार गर्ने निधो भयो ।

राङदान दाईको पार्थिव शरिर लिन रुपा भाउजु, उहाँका छोराछोरी पुगेको थियो । उहाँहरु निकै भावविहल देखिन्थे । मैले बोल्न सकिएन उहाँहरुसंग । घटनाको बारेमा अरुबाटै जानकारी लिए । घटनाको बारेमा उहाँहरुबाट लिदा थप पीडा हुन्छ भन्दै मैले उहाँहरुसंग कुरा गर्न मानेन । किनभने मैले धेरै घटनामा आफन्तसंग कुराकानी गर्दा झन बढी पीडामा रोएको देखेको छु । त्यही भएर मैले उहाँहरुसंग कुरा गर्न मानने ।
सोमबार विहान रुपा भाउजूले मलाई बोलाएर फोटो र भिडियो गर्न भनिन् । सुरुमा मैले हुदैँन भन्छु भनेको थिए । तर भाउजूको इच्छालाई मैले पनि नाई भन्न सकिएन र हुन्छु भनेर म भिडियो बनाउने तयारीमा लागे ।

क्यामेरा समात्दा….

फोटो र भिडियो कैद त अहिले धेरैले गर्छ तर किन रुपा भाउजूले मलाई नै गर्न लगाएको हो भनि म निकै सोचे । केही समय अघि राङदान दाइको किवी खेती, नर्सरी तथा उहाँले गर्नुभएको कामको बारेमा भिडियो रिपोर्ट बनाएका थिए । केही बर्ष अघि पहिलो पटक मैले टेलिभिजनमा उहाँले खेती गरेको किवीको बारेमा समाचार प्रसारण गरेका थिए । त्यही भएर उहाँको अन्तिम संस्कारको पनि पछिसम्म सम्झना होस् भनेर भन्न खोज्नु भएको हो की भन्ने लाग्यो । तर जब म तस्बिर कैद गर्छु भनेर क्यमेरा समते म निकै दुःखी भए ।

हिजो मात्र संगै छुटेको थियो । संगै ९ घण्टा काम गरेर छुटेका थियाौँ । बेलुका संगै खाना खाएर मलाई मेरो कोठासम्म पुर्याएर फर्केका थिए । तर दुःखका साथ भन्नुपर्छ उनकै अन्तिम संस्कारको भिडियो बनाउनुपर्यो । म निकै रोए ।  तस्बिर र भिडियो कैद गर्ने मनाशायमा थिएन तर रुपा भाउजुको वचनलाई मैले नकार्न सकेन ।

उनको सपना

उनीसंग धेरै पहिलादेखि घनिष्ट थिएन । चुनावताका वेलामा हामी संगै तत्कालिन माओवादीको संगठनलाई सहयोग गर्न संगै हिडेका थियौँ । चुनावी प्रचारप्रसार चुनावी अभियानमा साथ दिएका थियौँ । त्यसपछि अन्य काममा हाम्रो त्यति भेटघाट भएन । पछिल्लो समय म टेलिभिजनमा जोडिएपछि उनीसंग निकै नजिक भयौँ । म रसुवा हुँदा बखतमा पनि उनीसंग कुराकानी हुन्थ्यो । उनीसंग भेटघाट भइरहन्थ्यो । उनले मलाई आफ्नै जिल्ला फर्कन निकै जोड गरेका थिए । तर म काठमाडौँसम्म मात्र फर्के रसुवाबाट ।

त्यसपछि उनको र मेरो भेटघाट बाक्लिदै गयो । उनी कृषि क्षेत्रमा अझ राम्रो बन्ने धाउन्नमा थियो भने म चाँही पत्रकारिता क्षेत्रलाई अझ मजबुद बनाउने दाउमा थिए ।
गएको बैशाखबाट म टेलिभजनबाट बाहिरीएसंगै हामी कृषि र पत्रकारिता क्षेत्रलाईसंगै लैजाने निधो भयो । र हामीले रेडियो स्थापनाको अवधारणा अघि सार्यौँ । रेडियोको काम अहिले पनि अघि बढीरहेको छ । हामीले इजाजत लिने तयारीमा थियौँ । र यही तिहार लगत्तै रेडियोको इजाजत पाउने र लगत्तै रेडियोको स्थापना गर्ने तयारीमा थियौँ ।

उनी दोरम्बाबाटै रेडियो बजाउने र त्यसमा आफ्नो स्वामित्व पनि रहने गरी उनी र म बीच कुराकानी भएको थियो । सुरुमा हामीले सहकारी मार्फत रेडियो संचालन गर्ने निर्णय गर्यौँ । तर पछि हामीले निजी क्षेत्रकै संस्थाबाट इजाजत लिने निर्णय गर्यौँ । त्यो मेरो र अर्को एकजना साथीको नाममा रहेको कम्पनीबाट इजाजज लिने निर्णय पस्चात म राजधानी आएको थिए ।

हामी कृषि क्षेत्रमा नयाँ आमय र नेतृत्व लिने तयारी गरिरहेको थियो । हामीसंगै लगानी गर्ने र कृषि र संचारलाई एकैसाथ विकास गर्ने योजना थियो ।
सुरुमा हामीले सिन्धुलीको जग्गाको कुरा गरिरहेका थियौँ । सिन्धुलीमा अलि महंगी हुने देखेपछि उनी रामेछापको राकाथुमतिर लागेको फोन कुराकानी भएको थियो । राकाथुम जाने कुरा उनको नयाँ योजना थियो र आकस्मिक पनि ।

सिन्धुलीको राटामाटाको ५० रोपनी जग्गाको कुरा भइरहेको थियो । तर त्यो जग्गालाई छोडेर उनी रामेछापको जग्गामा लागेको शुक्रबार कुराकानी भएको थियो । ती क्षेत्रमा ड्रागन फ्रुट खेतीको सम्भावना देखेपछि हामीले त्यो क्षेत्रलाई समेट्ने कुरा भयो ।

उनीसंगै गएका कृष्णबहादुर कार्कीलाई म चिन्दिन तर उनले मलाई कृष्णा दाइकाे कम्पनीका कार्ययाेजना बनाउने बेलामा कृष्णा दाइ पहिलादेखि नै कृषि क्षेत्रमा काम गरिरहेकाे  भनेका थिए । दोलखाको कृष्ण दाई पनि त्यो प्रोजेक्टमा समेट्ने तयारी गरिरहेकाे थियाे । तर मैले कृष्ण दाईको अनुहार पनि देखेको छैन । कृष्ण दाईको नाममा रहेको तितैचौर कृषि फार्मको नाममा हामीले एउटा कार्ययोजना पनि बनाएका थियौँ बिहिबार ।

लगानीको कुरा हामीले गरेकै थिएन । रेडियो र उक्त कृषि परियोजनामा कस्ले कत्ति लगानी गर्ने भन्ने कुनै टुंगो भएको थिएन । मैले रेडियोमा तपाईलाई राम्रै शेयर दिने बचन दिएको थिए, भने उक्त कृषि परियोजनामा पनि राम्रै शेयर दिने बचन हामीवीच भएको थियो । तर लगानीको कुनै ठोस निर्णय भएको थिएन ।

रेडियोमा बढीमा १० प्रतिशत मात्रै दिने भनेको थिए तर उनले २५ प्रतिशत मागिरहेको थियो । त्यसमा तिहारपछि मात्रै टुंगो लगाउने भन्दै हामीवीच शेयरमा देखिएको मतभेद सल्टिएको थियो । यी सबै बाबजुत उनले संचार र कृषि क्षेत्रको विकास एकैचोटी भयो भने मात्र आर्थिक क्षेत्र मजबुद हुने तर्क बारम्बार दोहोर्याईरहेका थिए । आज उनी छैनन् तर उनको सपना पुरा गराउने प्रयत्न चाँही जारी छ ।

 

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement