रामेछापको सफल कृषी उद्यमीको अवसान


नेकपा ३ नम्बर प्रदेश अध्यक्षद्वारा पार्टीको झण्डा ओडाएर सम्मान

mukhundo.com, २०७६ कात्तिक १२ मंगलबार


रामेछापको सफल कृषी उद्यमीको अवसान

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी निधन भएका रामेछाप दोरम्बा १ डडुवाका कृषक राङदान तामाङको अन्तिम दाँहसंस्कार सोमबार राजधानीको नयाँबस्ती स्थित जम्बुडाँडामा गरिएको छ ।

रामेछापको किवी खेतीमा अगुवा कृषक समेत रहेका तामाङको शनिवार रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुममा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । उनको बौद्ध धर्मअनुसार अन्तिम संस्कार गरिएको उनको परिवारले जनाएको छ । उनको पार्थिब शरिरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३ नम्बर प्रदेशका अध्यक्ष नाराणय दाहालले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तान, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमासिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, सुनपाति गाउँपालिकाका अध्यक्ष धावा लामा, तथा नेकपाका नेता, पूर्व सांसद तथा प्रतिनिधिसभाका सदस्य लगायतका नेता तथा कार्यकर्ताले उनको पार्थिब शरिरमा माल्यार्पण तथा श्रद्धाञ्जली दिएका थिए ।

तामाङ २०५६ सालमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सदस्य बनेका थिए । उनी मजदुर संगठनमा आबद्ध भएर पार्टीलाई सहयोग गर्दै आएका थिए । नेकपा रामेछापसंग आबद्ध भएर पार्टी संगठनलाई ठूलो योगदान दिएको र उनको निधनले पार्टीलाई समेत अपुरणीय क्षति पुगेको भन्दै नेकपा रामेछापले शोक ब्यक्त गरेका छन् ।


तामाङ २०६६ साल यता निरन्तर कृषी पेशामा आबद्ध थिए । २०७२ सालमा राष्ट्रपतिबाट राष्ट्रपति कृषक पुरस्कार समेत पाएका थिए । उक्त पुरस्कारमा उनी मध्याञ्चल विकास क्षेत्रका उत्कृष्ट कृषक बनेका थिए । २०५३ सालमा नेपालको पहिलो व्यवसायीक निजी क्षेत्रको जलविद्युत आयोजना खिम्ती १ जलविद्युत आयोजनामा एक्साभेटरको अपरेटरको रुपमा काम गरेका तामाङले २०७१ सालमा उक्तमा आयोजनाको जागिर छोडेर पूर्णकालिन रुपमा कृषि कर्ममा आवद्ध भएका थिए ।

रामेछापको दोरम्बा १ मा ७० रोपनी क्षेत्रफलमा व्यवसायीयक किवी उत्पादन गरिरहेका तामाङको अवसानसंगै नेपाली कृषि क्रान्तिमा समेत ठूलो क्षति पुगेको कृषि क्षेत्रका विज्ञहरुको ठहर छ । उनको १ श्रीमति ३ छोरा र ३ छोरी छन् ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement