Mukhundo.com

संयुक्त अपांग एकता केन्द्रलाई सजनाको सहयोग


mukhundo.com, २०७६ कात्तिक ९ शनिबार


संयुक्त अपांग एकता केन्द्रलाई सजनाको सहयोग

काठमाडौँ । राजधानीको गोकर्णमा रहेको संयुक्त आपंग एकता केन्द्रलाई मिस तामाङ पोखराका सेकेन्ड रनरअप सजना वाइबाले आर्थिक सहयोग गरेकी छन् ।
वाइबाले केन्द्रमा रहेको बालबालिकाको शिक्षा दिक्षाका लागि आर्थिक सहयोग गरेको बताइन् । शनिवार केन्द्रमा पुगेर वाइबाले ३५ हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विगत १२ बर्षदेखि संचालनमा रहेको केन्द्रमा अहिले ५० जना भन्दा बढी बालबालिका रहेको केन्द्रका संचालक तिलबहादुर कार्कीले बताए । उनका अनुसार केन्द्र संचालनका लागि अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् ।
तिहारको अवसर पारेर वाइबाले सहयोग रकम संचालक कार्कीलाई हस्तान्तरण गरिएको छ । केन्द्रमा रहेको बालबालिकाहरुलाई तिहार मनाउन सहज होस भनेर सहयोग रकम हस्तान्तरण गरिएको वाइबाले बताइन् ।

सानैदेखि समाज सेवामा रुचि राख्ने वाइबाले उनी र उनका केही साथीहरुबाट सहयोग रकम उठाएर केन्द्रलाई हस्तान्तरण गरिएको हो । रामेछाप खाँडादेवी गाउँपालिका ८ की वाइबा हाल भक्तपुरमा बस्दै आएकी छन् । थोपा थोपा मिलेर सागर बनेझैँ थोरै थोरै सहयोगले केन्द्रका बालबालिकाको भविष्य उज्वल हुने भन्दै थोरै थोरै भएपनि सहयोग गर्न आग्रह गरेकी छन् ।

केन्द्रको आर्गनिक खेती

केन्द्रले आफ्नै भवनको करेसाबारीमा आर्गानिक तरकारी उत्पादन समेत गरेका छन् । केन्द्रका संचालक कार्कीका अनुसार उनले संचालन गरेको केन्द्रका बालबालिकाहरुकै मेहनतमा आर्गानिक तरकारी उत्पादन गरिरहेको बताए । अहिले केन्द्रको करेसाबारीमा गोलभेडा, साग लगायतका तरकारी उत्पादन गरिरहेको छ ।

आफैले उत्पादन गर्दा ताजा र पोसिलो तरकारी खान पाएको तथा बजारमा किन्न नपरेको बताए । यो बर्ष झण्डै १ लाख ५० हजार जतिको तरकारी बिक्री गरिएको तथा तरकारी बिक्रीबाट आएको रकमले केन्द्र संचालनका लागि सहयोग पुगेको कार्कीको भनाई छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement