किवी खेतीका अगुवा कृषकको निधन, कृषि क्षेत्रमा अपुरणीय क्षति


mukhundo.com, २०७६ कात्तिक ९ शनिबार


किवी खेतीका अगुवा कृषकको निधन, कृषि क्षेत्रमा अपुरणीय क्षति

काठमाडौँ । रामेछापको किवी खेती अगुवा कृषक रङदान तामाङको सवारी दुर्घटनामा परी निधन भएको छ । शनिवार गृह जिल्ला रामेछापबाट काठमाडौँमा आउदै गर्दा रामेछापको खाँडादेवी १ राकाथुमको बेलघारी भीरमा मोटरसाईकल दुर्घटनामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव जिल्ला अस्पताल रामेछापमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाउनेछ ।  प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको पनि जनाएको छ । उनले चलाएको मोटरसाइकल चिप्लिएर लडेको र मोटरसाइकल सहित उनी भीरबाट खस्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

को हुन् तामाङ ?

२०२७ सालमा तत्कालिन रामेछापको डडुवा गाउँ विकास समिति २ नागथलीमा जन्मेका तामाङ यसअघि सवारी चालकको रुपमा काम गर्दथ्यो । माध्यमिक शिक्षा लिएका तामाङ सवारी चालककै रुपमा नेपालकै पहिलो व्यवसायीय नीजी क्षेत्रका जलविद्युत कम्पनी खिम्ति १ जलविद्युत आयोजनामा कार्यरत थिए ।

पछि उनी आफ्नै बारीमा सुन फलाउने अभियान लिएर उनले रामेछापको दोरम्बा १ डाँडाकटेरीमा शैलुङ एग्रिकल्चर प्रोडक्सन प्रा.लिबाट व्यवसायीयक किवी उत्पादन गर्दै आएका थिए । उनको बगानमा अहिले पनि किवी फल पाकीरहेको छ । डाँडाकटेरीमा व्यवसायीक किवी उत्पादनमा लागेका थिए । अहिले उनको ९० रोपनी क्षेत्रफलमा किवी बगान रहेको यस अघि आवाजनेपालडटकमसंगको कुराकानीमा भनेका थिए ।

तामाङ राष्ट्रपति कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । उनी मध्यमाञ्चल अञ्चलको उत्कृष्ट कृषक घोषित हुँदै २०७२ सालको राष्ट्रपति कृषक पुरस्कार पाएको हो । तामाङको एक श्रीमती, तीन छोरा र तीन छोरी छन् । उनको निधनले कृषि क्षेत्रमा अपुरणीय क्षेति पुगेको कृषि क्षेत्रका विज्ञहरुको भनाई छ ।

गत वर्ष आवाजनेपाल संग गरेकाे कुराकानी उनकाे सम्झानामा प्रस्तुत गरिएकाे छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement