Mukhundo.com

किबी किसानको पेन्सन हो, एक पटक रोपेपछि ५० बर्षसम्म आम्दानी लिन सकिन्छः राङदान तामाङ


mukhundo.com, २०७६ असोज १ बुधबार


किबी किसानको पेन्सन हो, एक पटक रोपेपछि ५० बर्षसम्म आम्दानी लिन सकिन्छः राङदान तामाङ

काठमाडाैँ । पछिल्लो समय नेपालमा किबी खेतीको विस्तार बढेको छ । अहिले नेपालको पहाडी भु–भागका कृषक किबी खेतीमा आकर्षण भएको देखिन्छ । न्यानो समशितोष्ण तथा उष्ण प्रदेशिय हावापानीमा हुने किबी खेती नेपालका पूर्व,मध्य तथा पश्चिमका विभिन्न जिल्लामा खेती हुदै आएको छ ।

यस्तै रामेछाप पनि किबी खेतीको लागि उर्बर भूमी हो । रामेछापको उत्तरी क्षेत्रका गाउँहरुमा किबीको व्यवसायीक खेती गरिदै आएको छ । रामेछापको दोरम्बामा गरिएको किबी खेती रामेछापकै नमुना किबी खेतीको रुपमा चिनिन्छ । दोरम्बा गाउँपालिका १ डडुवाको डाँडाकटेरीका कृषक राङदान तामाङले गरेको किबी खेतीको चर्चा यो अंकमा गर्नेछौँ ।

तामाङका अनुसार किबी खेतीमा बर्षमा दुई पटक दुःख गर्नुपर्छ । एक पटक गोडमेल र कटिङ गर्ने बेलामा र अर्को पटक फल टिप्ने बेलामा । बाँकी भिडियोमा हेर्नुहोला ।

प्रतिकृया

प्रतिकृया

Advertisement