Mukhundo.com

‘मेरो सरकार मेरो काम’ दोरम्बा गाउँपालिका


mukhundo.com, २०७६ भदौ २७ शुक्रबार


‘मेरो सरकार मेरो काम’ दोरम्बा गाउँपालिका

सचेत घिसिङ

काठकाडौँ । ३ नम्बर प्रदेशको हिमाली जिल्ला रामेछापमा ८ वटा स्थानीय तह छन् । रामेछापको ८ वटा स्थानीय तहमध्ये दोरम्बा पर्यटकीय गन्तव्य घोषणा भईसकेको गाउँपालिका हो । संघीय व्यवस्था अन्तरगत तत्कालिन ६ वटा गाउँ विकास समिति गाभिएर दोरम्बा गाउँपालिकाको निर्माण भएको हो ।

१४१ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको दोरम्बा गाँउपालिकामा २२७३८ जनसंख्याको बसोबास छ (२०६८)को जनगणना अनुसार) । हाल ७ वटा वडाहरु छन् । गाउँ पालिकाको केन्द्र टोकरपुरमा अवस्थित छ ।
दोरम्बा गाउँपालिका समुद्र सतहको ७१५ मिटरदेखि ३१३८ मिटरसम्मको उचाईमा अवस्थित छ ।

स्थानीय तहको निर्वाचनमा पहिलो स्थानीय सरकारको नेतृत्वका लागि कमानसिंह मोक्तान दोरम्बा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । यस्तै उपाध्यक्षमा कृशला घिसिङ निर्वाचित भएकी छन् ।

छिन छिनमा मौसम परिवर्तन हुने दोरम्बा प्राकृतिक तथा सांस्कृतिक हिसाबले निकै धनी छ । शैलुङ दोरम्बा गाउँपालिकामै अवस्थित छ । गएको बैशाखमा शैलुङ महोत्वस गरी पर्यटनको प्रबद्र्धन समेत गरिएको थियो । दोरम्बा गाउँपालिकाको अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष कृशला घिसिङसंगको कुराकानी आवाज नेपालको युट्यूबमा हेर्न सक्नुहुने छ ।

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Latest News

Advertisement