काठमाडौं । विवादित संचारकर्मी रवि लामिछाने बिरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् ।भण्डारीले बुधबार प्रेस काउन्सिलमा लामिछाने बिरूद्ध उजुरी दर्ता गरेकाे हाे ।
लामिछानेले संचालन गरेको टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंग कार्यक्रममा निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गर्दै ९ पृष्ट लामो उजुरी दर्ता गरेका छन । उजुरीमा नेपाल तथा अन्तराष्ट्रिय पत्रकार अाचार संहितालार्इ उल्लनघन गरी नेपाली पत्रकारितामा विखण्डन गरि तथ्यहिन सामाग्री प्रस्तुत गरेकाे उल्लेख छ ।