Mukhundo.com

रवि लामिछानेको समानन्तर सरकारदेखि आफै अपराधी र आफै न्यायधिशसम्मको नालीबेली


mukhundo.com, २०७६ भदौ ९ सोमबार


रवि लामिछानेको समानन्तर सरकारदेखि आफै अपराधी र आफै न्यायधिशसम्मको नालीबेली

काठमाडौँ । पछिल्लो केही साता सामाजिक सञ्जाल चितवनतिर सोझियो । पत्रकार सालिकराम पुडासैनीको आत्माहत्या प्रकरणमा आएको उतारचढाबका कारण समाजिक संजालक प्रयोगकर्ता नेपालीहरु विभक्त भए । सामाजिक सञ्जाल मार्फत सडकमा उत्रिन ह्वुइप जारी भयो र केही मान्छेहरु सडकमा समेत उत्रिए ।

पुडासैनी प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई प्रहरीले हिरासतमा लियो । अनुसन्धान गर्यो र आइतबार अदालतमा मुद्धा दायर भयो । अब उनीहरु साधरण तरिखमा छुटे पनि दोषी करार भईसके यसले उनीहरुको भोलीको यात्रामा के कति असर गर्छ त्यो हेर्न बाँकी छ । यस मानेको उनीहरु अदालतले अझै दोषी नहरिन पनि सकिने छ । यो आखेलमा उनलाई दोषी वा अपराधी भन्नु चाँही उनीबाटै सिकेको पाठ हो । किनभने पत्रकारहरुले दोषी वा अपराधी भन्न मिल्दैन र फैसला पनि गर्न मिल्दैन उनी आफैले फैसला गरे र दोषी ठहर पनि । यसलाई आ–आफ्नै तरिकाले ब्याख्या गर्नुस् सबै तपाईकै जिम्मा हो ।….
यो ब्लगमा सिधाकुरा प्रधानमन्त्रीसंगबाट मात्र यात्रा सुरु गर्नेछ । उनको संचार यात्राको बारेमा अर्को ब्लगका लागि छोडौँ ।

दोस्रो संविधानसभा निर्वाचनपछि तत्कालिन काँग्रेस सभापति शुसिल कोइरालाको नेतृत्वमा सरकार बन्यो । यो सरकारका एमालेको साथ थियो र एक बर्षका नेतृत्व परिवर्तन गर्ने सहमति भएको थियो । तर काँग्रेसले एमालेसंग कुनै सहमति नभएको भन्दै सरकार निरन्तर संचालन गर्यो ।

यसपछि एमाले निकै रुष्ट बन्दै तत्कालिन एकिकृत माओवादीसंग सहमति गरि शुसिल नेतृत्वको सरकार ढलाए र केपी ओली प्रधानमन्त्री भए । त्यस लगत्तै रवि लामिछानेले सिधा कुरा प्रधानमन्त्रीसंग कार्यक्रमको सुरुवात गरे ।

तर एमाले र माओवादीबीच भएको आलोपालो सरकार संचालन गर्ने सहमति एमालेले काँग्रेसले जस्तै माओवादीलाई धोका दिने देखिएपछि माओवादी अध्यक्ष प्रचण्डले काँग्रेससंग मिलेर ओली सरकार ढलाए र प्रचण्ड प्रधानमन्त्री बने । यसपछि सुरु भयो रविको अर्को यात्रा ….

समानन्तर सरकार

सरकार परिवर्तन भएसंगै सिधाकुरा प्रधानमन्त्रीसंग कार्यक्रमको प्रस्तोता परिवर्त भयो । रवि यो कार्यक्रमबाट बाहिरिए र कार्यक्रम संचालन गर्न बबिन शर्मा आए ।

रविले कार्यक्रम आफू संचालन गर्ने धेरै प्रयास गरे । उनले प्रधानमन्त्री प्रचण्डसंग भेट्न हर कोशिष गरे पनि उनलाई प्रचण्डले इन्कार गरे । प्रचण्डसंग रिसाएका रवि जनताको शक्तिले शासक ढाल्न कुनै बेर लाउदैन भन्दै उनले सिधाकुरा जनतासंग कार्यक्रमको प्रोमो सार्वजनिक गरे । यो प्रोमो हेर्नुस्

उनले २०७३ मंसिर २६ गतेदेखि सिधाकुरा जनतासंग कार्यक्रम संचालन गरे । उनले संचालन गरेको पहिलो कार्यक्रम यस्तो थियो ।

कार्यक्रममा सरकार विरोधी कन्टेन्ट बढी राखियो । यसले सरकारको विभिन्न कार्यक्रममा बाधा पुगेको तत्कालिक माओवादीबाट मन्त्री बनेको एक नेताले केही दिनअघि गरेको कुराकानीमा भनेका थिए । उनले विभिन्न सरकारी, गैरसरकारी तथा निजि संघसंस्थाको बारेको विभिन्न कार्यक्रम उत्पादन गरे । यसमा उनले समस्या भएको मात्र देखाएनन् यसको कार्यन्वयन र सरकारी पक्षलाई झुकाउने काम समेत गरे ।

तर यसरी कार्यक्रम उत्पादन गर्ने र कार्यन्वयन आफैले गर्ने खालको आसय ब्यक्त कार्यक्रम संचार क्षेत्रले गर्न नहुने कतिपय पत्रकारहरुको भनाई छ ।

पत्रकारले समस्या छ भन्ने कुरा बाहिर ल्याउने हो त्यसको कार्यन्वयन सम्बन्धित मातहतका निकायले गर्ने हो । पत्रकारले गर्ने होईन भन्ने बौद्धि पत्रकारिता क्षेत्रमा विरोध नआएको होइन । यसरी हेर्दा रविले सरकारलाई चुनौती दिदै समान्तर सरकार संचालन गरेको देखिन्छ, जुन उनको कार्यक्रमहरुमा देख्न सकिन्छ । यी सबै घटना हेर्न उनले उत्पादन गरेको कार्यक्रम हेर्दा अझ प्रष्ट हुन्छ ।

राजनीतिक संरक्षण

रवि लामिछानेलाई अध्यागमन, सुचना विभाग, गृहमन्त्रालयले कार्बाही गर्न नसक्नुमा अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनी निकटका स्रोत बताउछन् । उनले अध्यागम र गृहमन्त्रालयका नेपालमा रहेर पत्रकारिता गर्ने भनी दिएको निवेदनलाई बदर गरेको देखिन्छ । तर उनलाई कार्बाही गर्ने निकाय मौन बन्दा उनी गैर नेपाली नागरिक भएर पनि नेपालमा अबैध काम गर्न सफल बनेका थिए ।

उनलाई राजनीतिक संरक्षणका कारण कार्बाहीबाट जोगिएको थियो । तर उनलाई बाम गठबन्धनको सरकार निर्माण पश्चात प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा एक साथ गृहमन्त्रालय, अध्यागमण विभाग र सुचना तथा प्रसार विभाग र प्रेस काउन्सिलले अबैध रुपमा काम गरेको भन्दै पत्र काट्यो । तर उनले अमेरीकी दुताबासमा गएर अमेरिकी नागरिता त्यागेसंगै उनी पक्राउ पर्न र कार्बाही हुनबाट जोगिएको थियो ।

रेणु हार्नुपर्छ

स्थानीय निर्वाचन सम्पन्न भईनसक्दै रवि लामिछानेले चितवनमा रेणु दाहालले जित्नु हुदैन भन्ने अभिव्यक्ति दिएका थिए । निर्वाचनको दिन उनकै टेलिभिजनले गरेको एक्जिट पोलमा उनले रेणुले भरतपुरमा जित्नुहुन्न र जित्दैन र जितेमा आफूलाई मान्न नहुने अभिव्यक्ति दिएका थिए । पछि यही विषयलाई माओवादी निकटका समर्थकले रवि टेलिभिजन स्टुडियोमै झुण्डिएर आत्मा हत्या गर्छु भन्ने आसया बाहिर ल्यायो । यसले भरतपुरमा मतपत्र च्यात्ने प्रोत्साहन रविले दिएको प्रष्ट हुन्छ । भरतपुरमा माओवादी बिच्किनुमा यसले ठूलो बल पुर्याएको देखिन्छ ।

बौद्धिक र भाषा सहयोगीको अभाव

रवि लामिछानेले संचालन गरेको सिधा कुरा जनतासंग कार्यक्रममा कहिलेकाही बोल्नै नहुने कुरा पछि बोल्ने गरेका पाइन्छ । कुनै कुनै शब्दहरु चयनमा रवि चुकेको पनि भेट्न सकिन्छ । नभए उनको अहिलेसम्मका कार्यक्रम हेर्नुहोला कुनै ठाँउमा केही शब्दहरु अलि अपाच्य छ ।

उनले संचालन गरेको कार्यक्रममा सुरुमा उनलाई भाषा सम्पादनमा सोही टेलिभिजनमा कार्यरत दिपेन्द्र दोङले सहयोग गरेको उनी कार्यरत टेलिभिजनका एक पत्रकारले हामीलाई बताए । तर कार्यक्रम संचालन भएको केही महिनापछि दोङ सोही टेलिभिजन छोडेपछि उनलाई भाषा सम्पादनका अरु कोही नभएको स्रोत बताउछन् ।

यसमा बौद्धिक क्षेत्रका ब्यक्तिहरु रुष्ट देखिन्छन् । एउटा उद्धाहरण हो । टिकाथलीको भुत काण्ड । विज्ञानको युगमा भुतप्रेतको विश्वास हुनु र एउटा परिवर्तनशील संचारकर्मीले यो प्रसारण योग्य हो या होईन भन्ने निर्णय तथा परामर्श गर्न नसक्नुले उनी बौद्धिक रुपमा कमजोर रहेको पुष्टि गर्छ । उनले उत्पादन गरेको सोही कार्यक्रम हेर्नुस्

हतास रवि…

सामाजिक संजाल र सडकको बलमा सत्ता हल्लाउने रविको विश्वासकै कारण उनी पुडासैनी प्रकरणबाट बाहिर आउन चाएको उनको विभिन्न गतिविधिले प्रष्ट पारिएको छ । शालिकरामको आत्माहत्यापछि बारम्बार अस्मितालाई फोन गरेर बोलाउनुले उनी पनि दोषी हुन् की भन्ने आशंक बढी देखिन्छ । किनभने गल्ती नै थिएन भने किन हतार हतार अस्मितालाई बोलाएर सबै दोष अस्मितालाई सुम्पिन चाहिएको हो ? यसमा थप अनुसन्धान हुनु आवश्यक देखिन्छ । उनीले शालिकरामको आत्माहत्यामा दुरुत्साहन नगरेको भए उनी आतिनुपर्ने कुनै कारण थिएन । उनी छटपटिनुले पनि घटना हुनुमा प्रहरीले छानबिन उनीतिर सोझिएको देखिन्छ ।

प्रहरी हिरासतमा रहदा पनि उनी निकै छटपटि भएको देखिन्छ यस विषयमा माइसन्सारले लेखेको ब्लग हेर्दा हुन्छ

उनी प्रहरी प्रशासनभित्रै असुरक्षित भएको भन्नु चाँही समाजिक संजाल र सडकको उनको समर्थक कम भएपछिको छटपटि देखिन्छ । किनभने रवि सामाजिक सञ्जाल र सडकले न्याय दिन्छ भन्ने मानसिकतामा गुज्रेको देखिन्छ । न्याय सामाजिक सञ्जाल र सडकले दिने होईन न्याय त अदालतले दिने हो । यो हेक्का उनमा पटक्कै देखिदैन ।

आफै अपराधी आफै न्यायधिश

यो बुदामा रवि अपराधी होईनन् तर आशय मात्र ब्यक्त हो । यसमा मत विभाजन हुनुमा कुनै यो ब्लग लेखकको कुनै भूमिका हुने छैनन् । रविको हतासले यो आशय ब्यक्त भएको मात्र हो ।

नेपालीमा एउटा उखान छः जो चोर उसैको ठूलो स्वर यो भनाईलाई मात्र राख्न खोजेको हो ।

प्रहरीले कुनै व्यक्तिलै विना कारण नियन्त्रण लिइदैन । र नियन्त्रणमा लिएका व्यक्ति आफैले फैसला पनि गर्न पाइदैन त्यो त अदालतले अपराधको सीमाको धरातल हेरेर फैसला गर्ने हो तर रविले प्रहरी हिरासतमा रहदा पनि उनी आफैले यति सजाय हुनुनपर्ने मलाई प्रहरीले नै फसाउदै गएको छ भन्ने अभिव्यक्तिका कारण उनीमाथि झन अनुसन्धान लब्निसक्ने र घटनामा सम्लग्न रहेर पनि उनी पन्छिन खोजिएको भन्ने आशय बाहिरएको छ ।

अब आज हुने थुनछेक बहसले उनी अपराधी भएर कारगार जान्छन् की घटनामा संलग्न नभएको भन्दै सामान्य जीवन यापनमा फर्कन्छन् । हेर्न बाँकी छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement