रविको बयान भएन, आज पनि प्रहरी हिरासतमै रहने


mukhundo.com, २०७६ भदौ ८ आइतबार


रविको बयान भएन, आज पनि प्रहरी हिरासतमै रहने

काठमाडौं । बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।

यो पोर्टल सामाजिक विकृति र विसंगती तथा समाजमा रहेको राम्रा काम र पक्षलाई समेट्द छ । तपाईसंग पनि सकरात्मक कथा छन् भने हामीलाई पठाउनुस् । अनि तपाईको समाजमा विकृति र विसंगती छन् भने हामीलाई खबर गर्नुहोस्, हामी त्यसलाई भण्डाफोर गर्नेछौँ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement
Advertisement