Mukhundo.com

दोरम्बा घटनामा मारिएकहरुको सामुहिक शालिक अनावरण


mukhundo.com, २०७६ भदौ ७ शनिबार


दोरम्बा घटनामा मारिएकहरुको सामुहिक शालिक अनावरण

रामेछाप । दोरम्बा हत्याकाण्ड भएको १६ बर्ष पुगेको छ । २०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले तत्कालिन विद्रोही नेकपा माओवादीका निशस्त्र नेता, कार्यकर्ता तथा सर्वसाधरणलाई पक्राउ गरी सामुहिक हत्या गरिएको थियो ।

दाङको हापुरेमा माओवादी र तत्कालिन सरकारवीच दोस्रो चरणको शान्ति वार्ता भएको बेला रामेछापको दोरम्बामा सामुहिक हत्या भएको थियो । १९ जना नेकपा माओवादीका नेता तथा कार्यकर्ता र दुई शिक्षक परिवार गरी २१ जनाको सामुहिक हत्या भएको थियो ।

हत्यापछि माओवादीले वार्ता भंग गरी युद्धमा होमिएको थियो भने अन्तराष्ट्रि मानवअधिकारबादी संस्था एमनेष्टि इन्टरनेशनलले दुई चरणमा गरेको अनुसन्धानमा सेना दोषी भएको भन्दै सरकारलाई प्रतिवेदन बुझाएका थिए । 

घटना भएको १६ बर्षपछि अहिले हत्याकाण्ड स्थलमा सामुहिक प्रतिमा निर्माण गरिएको छ । प्रतिमा (शालिक) को अनवरण नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भने पनि मौसमको प्रतिकुलका कारण प्रचण्ड दोरम्बा पुगेका थिए ।
प्रतिमाको अनवरण नेकपाका सांसद हितबहादुर तामाङले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया

Advertisement