Mukhundo.com

मेरुदण्ड भाँचिएका बम्जनको लागि सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने


mukhundo.com, २०७६ साउन ९ बिहीबार


मेरुदण्ड भाँचिएका बम्जनको लागि सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने

काठमाडौँ । मेरुदण्ड भाँचिएका सिन्धुली घ्याङलेख गाउँपालिका १ का सुरेन्द्र बम्जनको थप उपचारका लागि राजधानीको बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा खोज इन्टरटेन्टमेन्ड एण्ड मिडिया प्रा.लि.ले यही साउन ११ गते बौद्धको याङ्ग्रीमा हिल सिटी होटलमा साँस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।

२०६९ भदौ २७ गते सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट घर फर्किने क्रममा भीरबाट लडेर बम्जनको मेरुदण्ड भाच्चिएको थियो । उनको अहिले उपचार गरिरहेको छ । तर उनलाई पहिलाकै अवस्थामा सामन्यरुपमा ल्याउनका लागि ७० लाख भन्दा बढी रकम आवश्यक परेको पत्रकार सम्मेलनमा जनाएको छ । अहिले विभिन्न क्षेत्रबाट १० लाख रुपियाँ संकलन भए पनि बाँकी रकम उठ्न नसकेका कारण कार्यक्रम मार्फत थोरै भए पनि रकम जम्मा गराउने आयोजक खोज मिडियाको भनाई छ ।

३५ बर्षीय बम्जनको एक छोरा, एक छोरी र श्रीमती छन् । कार्यक्रममा सेलो फापरे गायिका सुनिता बलले बम्जनको सहयोगका लागि अपिल गरेकी थिइन् । उनले सबैलाई सहयोग गर्न र साँस्कृतिक कार्यक्रममा उपस्थित हुन आग्रह गरेकी छन्।

राजधानीको टुसालमा बस्दै आएका बम्जनको मेरुदण्डको हड्डी भाँचिएको तथा मेरुदण्डको नसा चुडिएकाले अरुको सहयोगमा हिडडुल गर्दै आएका छन् ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement