Mukhundo.com

१७ बर्षीया युवती मृत फेला


mukhundo.com, २०७६ असार १७ मंगलबार


१७ बर्षीया युवती मृत फेला

 

बझाङ।  बझाङकाे बुंगल नगरपालिका २ ताडकाबगर नजिकै एक युवती मृत भेटिएकी छन्। सोमबार साथीको घर जान्छु भन्दै हिँडेकी बुङगल नगरपालिका २ की २० बर्षीया ललीता कुमारी धामी मङ्गलबार मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ।

उनी महेन्द्र उच्च मावि कक्षा १२ मा अध्ययनरत थिइन् । राति घर जान्छु भनेर हिँडेकी युवतीको आज बिहान शव भेटिएपछि आक्रोशित स्थानीयले टिप्परले ठक्कर दिएको हुन सक्ने भन्दै २ वटा टिपर तोडफोड गरेका छन् ।

मृतकका आफन्तले घटनाको वास्तविक छानविन गरी दोषिमाथि कारवाहीको माग गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनक धामीले बताए ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement