Mukhundo.com

संसदमा सांसद नविनाको माग : समता अस्पतालमा विमलाको रहस्यमय मृत्युको सत्यतथ्य बाहिर ल्याइयोस्


mukhundo.com, २०७६ असार १० मंगलबार


संसदमा सांसद नविनाको माग : समता अस्पतालमा विमलाको रहस्यमय मृत्युको सत्यतथ्य बाहिर ल्याइयोस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेत्री तथा सांसद नविना लामाले राजधानीमा महिलाहरु असुरक्षित हुँदै गएको बताएका छन् ।

उनले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङको रहस्यमय मृत्यु प्रकरण र राजधानीमा बढ्दै गएको सूई आतंकबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सांसद लामाले संसदमा बोल्दै भने, ‘सम्माननीय सभामुखज्यु, आजभोलि काठमाडौं उपत्यकामा अज्ञात समूहले महिलाहरुमाथि सुई प्रयोग गरेर आतंक फैलाउँदै हिडेका छन् । यसले महिलाहरुमाथि सुरक्षाको गम्भीर चुनौती खडा भएको छ । सुई प्रकरणमा संलग्न सम्पूर्णलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यसैगरी सांसद लामाले केही समय अगाडि समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।

उनले भने ‘काडठमाडौं बौद्धको कुमारीगालस्थित समता हस्पिटलमा कार्यरत कर्मचारी विमला तामाङको यही असार ३ गते अस्पताल परिसरभित्रै रहस्यमय मृत्यु भएको भनेर परिवारको दावी छ । यस विषयमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माननीय गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु ।’

प्रतिकृया

प्रतिकृया

Advertisement