Mukhundo.com

त्रिविमा प्रवेशपत्र लिनै हम्मे हम्मे (फाेटाे फिचर)


mukhundo.com, २०७६ असार १० मंगलबार


त्रिविमा प्रवेशपत्र लिनै हम्मे हम्मे (फाेटाे फिचर)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा आज विहानदेखि नै विद्यार्थीहरु लामबद्ध थिए। प्राइभेटतर्फ स्नातकोत्तर तहको परीक्षा प्रवेशपत्र लिने विद्यार्थीहरु भ्याइ नभ्याइ विहानैबाट लाइनमा देखिन्थे। यहीँ असारको १० गतेदेखि शुरु हुने राजनीतिक शास्त्र र जनप्रशासनको परीक्षाका लागि प्रवेशपत्र लिन आएका परीक्षार्थीको मुहारमा उत्साहसँगै आक्रोश पनि देखियो। थेग्नै नसक्ने चापका कारण विद्यार्थीहरु एकआपसमा भनाभनसमेत गरिरहेका देखिन्थे।

परीक्षाको दुई दिन अगाडिमात्र प्रवेशपत्र लिन आह्वान गरेको परीक्षा नियन्त्रक कार्यालय बल्खुले विद्यार्थीको चापलाई वेवास्ता गरेको यहाँ आउने विद्यार्थीको गुनासो छ। काठमाडौं बसपार्कदेखि आएका जीवन केसी विहान ९ बजेदेखि लाइनमा थिए। त्रिविको निर्णय देखेर उनी आक्रोशमा थिए। परीक्षाको दुई दिन अगाडि त्रिविले प्रवेशपत्र लिन बोलाउँदा थेग्नै नसकिने विद्यार्थीको चाप भएर समयमा प्रवेशपत्र नपाएको दुखेसो पोख्छन् उनी। त्रिविले परीक्षा फाराम अनुरुपमा विद्यार्थीको चापको अनुमान गरेर अलि चाँडै प्रवेशपत्र लिने वातावरण बनाउनु पर्ने थियो भन्छन्, कीर्तिपुरका सन्तोष रेग्मी।

त्रिविले सूचना प्रकाशित गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भर्ने समयसीमा तोकेको थियो। परीक्षा नियन्त्रक कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले गतवर्ष नौ हजार परीक्षार्थी भएकोमा यसवर्ष करिब २० हजार पुगेको जानकारी दिए। नागरिक दैनिकमा खबर छ।

प्रतिकृया

प्रतिकृया

Advertisement