Mukhundo.com

न्यायिक समितिद्वारा बिमलाको रहस्यमय मृत्युको निष्पक्ष छानबिनको माग


mukhundo.com, २०७६ असार ९ सोमबार


न्यायिक समितिद्वारा बिमलाको रहस्यमय मृत्युको निष्पक्ष छानबिनको माग

काठमाडौँ । काठमाडौँको बौद्धस्थित समता अस्पतालका गत असार ३ गते विमला तामाङको रहस्यमय मृत्युप्रति दोरम्बा गाउँपालिकाको न्यायिक समितिको गम्भिर ध्यानकर्षण भएको दोरम्बा गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको न्यायिक समितिले सोमबार जारी गरेको विज्ञप्तिमा तामाङको रहस्यमय मृत्युको निष्पक्ष छानबिनको माग गरेको छ। न्यायिक समितिका संयोज कृशला घिसिङको हस्ताक्षिरत उक्त विज्ञप्तिमा विमलाको शब बन्द कोठमा हुनुले उक्त घटनामाथि प्रश्न उठेका तथा उक्त घटनाप्रति दोरम्बा गाउँपालिकाको न्यायिक समितिको गम्भिर ध्यानकर्षण भएका जनाएको छ।

सोमबार जारी विज्ञप्तीमा भनिएको छ,‘ कानुनी राज्यमा यस किसिमका घटनाले मानव अधिकार लैगिक हिंसा न्युनकरणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सरकारले गरेको प्रतिबद्धता केबल कागजी रुपमा मात्र सीमित भएको आभाष दिएको छ।’ समितिका संयोजक घिसिङले घटना रहस्यमय देखिएकाले राज्यका सबै निकायहरु गम्भिर भई यथाशिघ सत्यतथ्य छानबिन गरी दोषी उपर कानुन बमोजिम कडा कारवाही गर्न र मृतकको परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरेकी छन्।

बिमलाका मृत्यको विषयले राजधानी पनि प्रदर्शन भईरहेको छ। निष्पक्ष छानबिन तथा समता अस्पतालका संचालक उत्तम संजेललाई पक्राउ गर्न माग गर्दै आइतबार गौशला प्रहरी बृत्तमा प्रदर्शन गरेको थियो। अहिले उक्त घटनाको विषयमा छानबिनका लागि ३ जनालाई प्रहरीले हिरासतमा लिएका छन्।

प्रहरीका अनुसार विमलाको पोष्टमार्टमा रिपोर्ट आएको तर विमला

ले आत्मा हत्या नै गरेको रिपोर्ट आएको छ। तर विमलाको जोगीमा रहेको सुसाईट नोट उनले नै लेखको पुष्टि भएको प्रहरी स्रोतको भनाई छ। विमलाले उनको छोरालाई स्कुलमा भर्ना गर्दा भरेको फारम र उनले गोजीमा भएको नोटको अक्षर मिलेको बताईएको छ। मृतकका आफन्तले निष्पक्ष छानबिनको माग गरिरहेको छ।

प्रतिकृया

प्रतिकृया

Advertisement