Mukhundo.com

हामी आउदैछौँ ………. Coming S00n 


mukhundo.com, २०७६ असार ७ शनिबार


हामी आउदैछौँ ………. Coming S00n 

नेपाली संचार जगत अहिले निकै फेरबदल भईसकेको छ । पत्रपत्रिका, रेडियो टेलिभिजन हुँदै अनलाईनमा परिणत भएको छ । अझ सुचना पाउने माध्यम धेरै सजिलो र छिटो भएको छ । अहिले राजधानी तथा सुविधा सम्पन्न शहरहरुको प्रत्येक गल्ली गल्ली र चोक चोकमा अनलाईन बग्रेल्ती खुलेका छन् । अहिले अनलाईनको क्षेत्र धेरै छन् र पनि अनलाईनहरु पनि धेरै खुलेका छन् । मुलधारमा समेटिएका र मुलधारबाट बाहिर बसेर समाचारलाई तोडमोड गर्नेसम्मको अनलाईन चलिरहेकै छन् । त्यही वीचमा हामी पनि आएका छौँ । आफ्नै सीप कला र प्रगति प्रस्तुत गर्न ।

प्रगतिशिल विचारधारलाई समेट्दै विकास र सम्बृद्धिको यात्रामा हाम्रो साथ हुनेछ । विकास पहिलो प्राथमिकतामा रहनेछ । जनजीवन र जनताको समस्या गुनासोले पनि स्थान पाउनेछ ।
हामीसामु निकै चुनौतिहरु छन् । हाम्रा अगाडि चुनौतिका चाङ र पहाड छदैँछ त्यसलाई कुनै अमुर्त र अनौठो मान्दिन पनि । तर हामी चुनौतिको चाङ पन्छाउछौँ र चुनौतिको पहाडलाई छिचोल्छौ पनि ।

हामी समाजको विभिन्न घटना र समाजका समस्यालाई राज्य र राज्यका हरेका निकायलाई घचघच्याउछौँ, यो हाम्रो प्रतिबद्धता हो । फेरि भन्छौ हामी प्रगतिशिल विचारधारलाई समेट्छौँ ।

प्रतिकृया

प्रतिकृया

Advertisement