Mukhundo.com

रामेछाप नगरपालिकाले दिए महिलालाई उद्घोषण तालिम


mukhundo.com, २०७६ असार ७ शनिबार


मन्थली । रामेछाप नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा रामेछाप विजनेस एण्ड प्रोफेसनल वमेन (RBPW) रामेछापको आयोजनामा संचालित तालिममा वडाका निर्वाचित वडा सदस्य सहित २० जना महिलाको सहभागीता रहेको थियो । कुनै पनि संघसंस्था तथा समुहमा महिलाहरुले आफ्नो विचार, तर्क राख्न, सहजै छलफलमा भागलिन सक्ने र नेतृत्व गर्न सक्ने क्षमताको वृद्धि गर्ने उद्देश्यले संचालन गरिएको (RBPW) का अध्यक्ष अप्सरा कार्कीले जानकारी दिनुभयो ।

 

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले महिलाहरु पछि पर्नु मुख्य कारण बोल्न नसक्नु भएको बताउनु भयो । बोल्न सके मात्र कुनैपनि संघ संस्था तथा समुहको नेतृत्वका लिन सकिन्छ । नेतृत्व लिनका लागि पनि वाककला हुन आवस्यक रहेको बताउनु भयो ।

महिलाले केही गर्न सक्दैन भन्ने यो समाजको मानसिकता चिर्नका लागि उदाहरणीय काम गरेर देखारउनु पर्ने बेला आएको बताउनु भयो । निर्वाचित महिलाहरुले अहिले सम्म आफ्नो योजना , विचार तथा तर्क राख्न सकिराख्नु भएको छैन त्यसकारण लक्षित वर्गको बजेट समेत अन्यत्र खर्च भएकोमा दुख समेत ब्यक्त गर्नु भयो ।

यसै गरि वडा अध्यक्ष केदार कार्कीले उद्घोषण तालिमले महिलाहरूमा बोल्ने सिपको विकास गर्ने भएको हुदा तालिम पछि सिकेको सिपलाइ व्यबहारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा (RBPW) को अध्यक्ष अप्सरा कार्कीको अध्यक्षता तथा रामेछाप नगरपालिकाकि उपप्रमुख सिर्जना खड्काको प्रमुख आतित्थ्यता रहेको थियो । तालिमको सहजिकरण चन्दा खड्का, ज्ञानु श्रेष्ठले गर्नु भएको थियो । तालिममा निर्वाचित महिला सदस्य तथा विभिन्न संघसस्थामा आवद्व महिलाको सहभागीता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया

Advertisement